८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बाढीको विभत्स वितण्डा (तस्विरहरु)



२२ असार । अविरल बर्षापछि देशभर आज बाढी र पहिरोले वितण्डा मच्चाएको छ ।
बाढीपछि देशभर दर्जनौं घाइते र मृत्यु भएको अनुमान गरिएको छ । पछिल्लो समय राजधानीको मनहरा वागमती र विष्णुमती नदि बस्तीमा पसेको छ ।

ट्रक दुर्घटना
दाङ, २२ असारः
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा दुर्घटनामा भएको रा १ ख २४४९ नम्बरको ट्रक । घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको ट्रकका चालकले अत्याधिक मादक पदार्थ सेवन गरेर चलाउँदा ट्रक खोलामा पल्टिएको हो । लेन्स : कुलदीप न्यौपाने/रासस
काठमाडौँ, २२ असार ः गएरातिदेखि अविरल वर्षा कारण काठमाडौँ र ललितपुरको सिमाना छुटाउन थापाथलीस्थित बागमती नदीमा आएको बढी । लेन्स : किरनराज बिष्ट/रासस
ड्रोनबाट खिचिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित शान्तिनगर भएको डुबान । अविरल वर्षाले सिँचाइटोल, शान्तिनगर, पिप्ले, कर्रा क्षेत्र डुबानमा परेको छ । लेन्स : मणिराज गौतम/रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । लेन्स : रमेश गिरी / रासस

बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको सिधनवा घाटस्थित राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा जोखिम मोलेर सङ्कलन गर्दै वडा नम्बर ६ का स्थानीयवासी । लेन्स : रुपनी जि एम/रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । लेन्स : सुमित्रा अधिकारी /रासस

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ३ : ०६ बजे