८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुर ठिमी र पुरानो बानेश्वरमा चोरी



काठमाडौं
२४ असार । भक्तपुरको मध्यपुर ठिमीको एक कोठा र काठमाडौंको पुरानो बानेश्वरमा ब्युटी पार्लरमा चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ डेरा गरी बस्ने पाल्पा घर भएका ४४ वर्षीय जगदिश नेपालको कोठाबाट नगद २२ हजार रूपैयाँ, सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
काठमाडौं महानगरपालिका ३१ बासुकी मार्ग पुरानो बानेश्वर स्थित गोमा दाहालको स्नेहा ब्युटी पार्लर पसलबाट नगद ४० हजार रूपैयाँ, सुनका विभिन्न गरगहना, मोबाइल समेत गरी अन्दाजी ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ४ : ५९ बजे