२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मनोहरा–जडिबुटीबाट नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाउने दुई जना पक्राउ



काठमाडौं
२६ असार । राजधानीमा पछिल्लो समय निरन्तर रुपमा नावालिकालाई बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्ट हाउस, होटल र खाजा घरका मालिकहरु पक्राउ पर्न थालेका छन् ।
यसैक्रममा राजधानीको मनोहरा–जडिबुटीबाट नाबालिकाहरूलाई बेश्याबृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय बीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका हुन् ।
उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।
साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्दार गरेको छ ।
उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।