८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बाढी पहिरोको कहर : राजमार्गहरु अवरुद्ध(तस्विरहरु)



२८ असार । निरन्तरको बर्षापछि राजधानी काठमाडौं आउने जाने राजमार्गहरु पछिल्लो समय अवरुद्ध छन् ।
सडक अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र परेसँगै सास्ती भोग्न बाध्य बनेका छन् । बाढीपछि प्रहरी प्रशासन र गोताखोर खोज र उद्दारमा पचिचालित भएको छ ।
बढी पहिरोपछि अवरुद्ध भएका राजमार्गहरुका दृश्यहरु :

नारायणगढ मुग्लिन सडक खण्डको सिमतल तालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी गर्दै सुरक्षा निकायका अधिकारीहरु । लेन्स : नारायण अधिकारी/रासस
नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरो । उक्त सडकको पहिरो पन्छाइँदै छ । लेन्स : नारायण अधिकारी/रासस
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै शुक्रबार बिहान झरेको पहिरोले अवरुद्ध भएको राजमार्ग । लेन्स : कृष्ण न्यौपाने/रासस
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । लेन्स : कृष्ण आचार्य/रासस
चितवनको इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीच सडकमा शुक्रबार बिहान खसेको पहिरो पछाइँदै । लेन्स : हीरालाल गुरुङ/रासस
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा खसेको पहिरो डोजरको सहायताले पन्छाउँदै । लेन्स : शंकर श्रेष्ठ/रासस

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ५ : २५ बजे