२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तीन सय दिनमा फ्लडलाइट र प्यारापिटसहितको कीर्तिपुर रंगशाला निर्माण गर्ने सरकारको निर्णय



३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पहिलो निर्णय क्रिकेट रंगशाला बनाउने गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायतका निर्णय गरेको हो।

बैठकबारे जानकारी गराउँदै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओालीले भनेका छन्, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ।’

साथै, सो कार्यका लागि तीन सय दिनको समयसीमा तोकिएको उनले बताए।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।