२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नौ जना कलाकर्मीले पाए ‘छिन्नलता’ पुरस्कार



काठमाडौँ
२ साउन । नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न नौ जना व्यक्तिलाई राजधानीमा आज छिन्नलता पुरस्कार प्रदान गरिएको छ ।
२०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेलले पाएका छन् ।
२०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार पाएका छन् । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही रु एक लाखको छ भने युवा पुरस्कार रु ५० हजारको छ ।

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : २७ बजे