२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


अविरल वर्षापछि सडक भासियो, गल्छी सडक अवरुद्ध



त्रिशूली (नुवाकोट)
९ साउन । अविरल वर्षासँगै खसेको पहिराले सडक भासिएपछि गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : २१ बजे