२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरका मेयर नकर्मीको स्वास्थ्य अवस्था जटील



१० साउन । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटील बनेको छ।

नकर्मीको हाल वीर अस्पतालको सघन कक्षमा नकर्मीको उपचार भइरहेको छ। मिर्गौलाको समस्याका कारण नकर्मीको स्वास्थ्य जटिल अवस्थामा पुगेको जनाइएको छ।
नकर्मीको वीर अस्पतालमा नियमित डायलिसिस हुँदै आएको थियो। पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या बढ्दै गएको बताइएको छ।

समस्या जटील बनेपछि अहिले आइसियुमा राखेर उपचार चलिरहेको छ। नकर्मी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।