२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मीनराज बसन्तद्वारा अनुदित ‘पहेंलो छाता’ सार्वजनिक



 

काठमाडौं
११ साउन । प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेंलो छाता’ सार्वजनिक भएको छ ।
सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेंलो छाता’ सार्वजनिक गरिएको हो ।
स्रस्टाहरू भूपिन, डा. एकनारायण पौड्याल, डा. केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गरे ।

कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताए । ‘मलाई उनका कृतिमध्ये र थुप्रै अन्य उत्कृष्ट कृतिमध्ये पिली छतरी वाली लडकी हो,’ उनले भने, ‘यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गरेका छन् । यो ज्यादै खुसीको कुरा हो ।’
‘पहेंलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उनको भनाइ थियो ।
‘भारती उपमहाद्वीपको जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले बडो कलात्कम ढंगले विश्वविद्यालयको पेरिफेरिमा कथा उनेका छन्,’ भूपिनले भने, ‘नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।’

‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज बसन्तले गरेका हुन् । बसन्तका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् ।
बिएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : १५ बजे