४ भदौ २०८३, बिहिबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२७ सयको विन्दुमा पुग्यो नेप्से परिसूचक, कारोबार २१ अर्ब ९१ करोडमाथि



१६ साउन । बुधबार नेप्से परिसूचक २७ सयको विन्दुमा कायम भएको छ । आज शेयर बजार ६४.२५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढ्दा ४४ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ ।

यस्तै आज कारोबार समयभित्र जम्मा ३३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर खरिदबिक्री हुँदा रु. २१ अर्ब ९१ करोड १५ लाखको शेयर कारोबार भएको छ । शेयर बजारमा भएको यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६० करोड बढीको कारोबार भएको थियो ।

आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै हिमालयन रि–इन्स्योरेन्सले सबैभन्दा बढी अर्थात् ८४ करोडको शेयर कारोबार गरेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।