४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विकास निर्माणका काम तीव्र गतिमा भइरहेको छः मेयर बालेन शाह



१७ साउन । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन्।

वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए। ‘जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु। पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ,’ उनले भने, ‘यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पुर्‍याउँछ। यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौं।’

यस्तै, उपप्रमुख सुनिता डंगोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताइन्। भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियो भने मात्र यो भवनले पूर्णता पाउने उनले बताइन्।

ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उनले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताइन्।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।