३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


फोटोपत्रकार रजेन्द्र केसीलाई क्यान्सर, नेजाद्वारा ‘गोफन्डमि’ अभियान सुरु



२० साउन । फोटोपत्रकार रजेन्द्र केसी क्यान्सर रोगबाट बिरामी भएका छन् ।
करिब एक महिनाअघिबाट केसीलाई मेटास्टेटिक म्यालिग्न्यान्ट प्यान्क्रियाटिक क्यान्सरको उपचार भइरहेको छ । अहिले केसीको केमोथेरापी उपचार भइरहेको छ ।
केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि आम्दानीको स्रोत बन्द भएको र हालसम्मको बचत पनि उपचारमा लगाउनु परेको कारण नेपाल अमेरिक पत्रकार संघ (नेजा)ले सहयोगको लागि अपिल गरेको छ ।
एक छोरी र श्रीमतीको साथ अमेरिका बस्दै आएका केसी मासिक किस्ता र अन्य विविध खर्च नहुँदा केसी परिवारमा पनि मानसिक रुपमा चिन्तित बनाएको छ ।
फोटोपत्रकार केसीलाई मानसिक रुपमा बलियो बनाउन र केसीको उपचारलाई सफल बनाएर उनी र उनको परिवारमा नयाँ वातावरण ल्याउन नेजाले गोफन्टमि अभियान चलाएको छ ।
नेजाले सबैमा सो अभियानमा सहभागी हुन अपिल गरेको छ ।
६ वर्षअघिदेखि अमेरिका बस्दै आएका केसी नेजाका महासदस्य तथा सदस्य छानबिन तथा सिफारिस समितिका सदस्य समेत हुन् ।

सहयोगका लागि लिंक :

https://www.gofundme.com/f/support-raw-kc-to-fight-cancer?utm_campaign=fp_sharesheet_ai&utm_content=amp1v1&utm_medium=customer&utm_source=facebook&attribution_id=sl%3Ae5f52d44-5e0d-435b-bec2-6bfa8bc056d1&fbclid=IwY2xjawEb_sJleHRuA2FlbQIxMQABHWCrQkZUqguxSiKdlgartwcJeLLk7_6VjXSCb8ae7rS9oN0f1DwlYe4UeA_aem_Krt3USEniTEQ4GuhEwgM1Q

 

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : २४ बजे