२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा गरगहना चोरी गर्ने दुईजना पक्राउ



२३ साउन । नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले सुनको औँठी तीन थान, सुनको सिक्री दुई थान, सुनको टप एक थान, सुनको ब्रास्लेट एक थान, तिलहरी एक थान, पोतेसहितको माला एक थान, चाँदीको पाउजु दुई थान, चोरीमा प्रयोग भएको औजार दुई थान, स्कुटर एक थान र मोबाइल एक थान बरामद गरेको छ ।
पक्राउ परेका दुबैजनालाई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।