३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायक प्रकाश तिमिल्सिना भैसेपाटीस्थित निवासमा मृत भेटिए



२७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
गायक प्रकाश तिमिल्सिना ललितपुरको भैसेपाटीमा मृत्यु भएको छ ।
तिमिल्सिना ललितपुर महानगरपालिका–१८ भैसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
शनिबार राति ९ बजे ओछ्यानमा मृत भेटिएका गायक तिमल्सिनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ ।
गायक तिमिल्सिनाका ‘नमान लाज यसरी’, ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘ ‘नआए नि हुन्थ्यो’, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, जस्ताका दर्जनौं गीतहरू चर्चामा छन् ।
पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राख्ने तयारी गरिएको छ । त्यसपछि आर्यघाटमा उनको अन्त्येष्टीको लागि महाप्रस्थान हुनेछ ।
उनी गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ५४ बजे