२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन



३१ साउन । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा बुधबार राति निधन भएको हो।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। न्यायाधीश रेग्मीको असामयिक निधनमा शोक व्यक्त गर्दै उच्च अदालत पाटनले बिहीबारको कामकारबाही स्थगन गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।