काठमाडौँ
३२ साउन । पछिल्ला दिनहरुमा सुनको मूल्य निरन्तर बढिरहेको थियो । तोलाको १ लाख ५० भन्दा महँगोमा कारोबार भएको सुनको मूल्य फेरि घट्न थालेको छ ।
स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ ।
प्रतिक्रिया