२ भदौ । सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ३ हजारले बढेको हो।
योसँगै आज १ लाख ५२ हजार ६ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँ पुगेको छ।
शुक्रबार सुन १ लाख ४९ हजार ६ सय र चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔँस २ हजार ५ सय अमेरिकी डलर पार गरेको छ। यता चाँदी प्रतिऔँस २९ अमेरिकी डलर पुगेको एजेन्सीहरुले जनाएका छन्।
प्रतिक्रिया