२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दरीजलमा बंगलादेशी नागरिक बेपत्ता



२ भदौ । काठमाडौं सुन्दरीजलमा बंगलादेशी नागरिक बेपत्ता भएका छन्। शनिबार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलामा खसेर बंगलादेशी नागरिक बेपत्ता भएका हुन्।

खोलामा फोटो खिच्ने क्रममा ती व्यक्ति बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‍बेपत्ताको खोजीका लागि आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। ४ जना गोताखोरसहित १० जनाको टोली बेपत्ता व्यक्तिको खोजीका लागि परिचालन गरिएको छ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।