५ भदौ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा कीर्तिमान कायम भयो। तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएर सुनको मूल्य हालसम्मकै उच्च भयो। पछिल्लो वर्षदेखि सुनको मूल्य निरन्तर उकालो लागेको छ।
मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ८ सय ३५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया