२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भैँसीकै आक्रमणले बाघको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट



६ असोज । मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरमा भैँसीको गोठमा मृत भेटिएको बाघ भैँसीकै आक्रमणमा ज्यान गुमाएको पुष्टि भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक चिकित्सकको टोलीले गरेको पोस्टमार्टम रिपोर्टमा भैँसीको आक्रमणकै कारण बाघको मृत्यु भएको पुष्टि भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार उक्त बाघ १० वर्ष भन्दा माथि उमेरको रहेको पाइएको छ। बुढो र सिकार गर्न नसक्ने अवस्थामा रहेको बाघले ठूलो भैँसीलाई आक्रमण गर्न खोज्दा भैँसीको प्रतिकारमा ज्यान गुमाएको पुष्टि भएको सूचना अधिकारी तिवारीले बताए।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।