१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुर्खेत उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण



२४ भदौ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो ।

तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।