३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कांग्रेस उपसभापति गुरुङविरूद्ध ललितपुर मितेरी सहकारीको रकम अपचलन गरेको आरोप



२५ भदौ । कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ । मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी दिएका हुन् ।

धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । उनीहरुमाथि करिब १५ करोड रुपैया अपचलन गरेको आरोप छ । धनराज र ज्योतिले केहि समयअघि सम्बन्धविच्छेद गरेका छन् भने यहि विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ । ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १० : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।