२८ भदौ । सरकारले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख नगदसहित सम्मान गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एक कार्यक्रमबीच प्रधानमत्री केपी शर्मा ओलीले पलेशालाई नगदसहित सम्मान गरेका हुन् । पलेशाका प्रशिक्षक कवि राज नेगी लामालाई पनि नगद ५ लाख ८५ हजार नगदसहित सम्मान गरियो । टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार प्रदान गरेको छ ।
२०८१ भाद्र २० को मन्त्रीपरिषद्को निर्णय अनुसार पालेशा र उनका प्रशिक्षक तथा टिम व्यवस्थापकलाई नगद पुरस्कारले सम्मान गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/ग्रीष्मकालीन/शीतकालीन/पारा/विशेष तथा विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ ।
सोही अनुसार मन्त्रीपरिषद्को निर्पणयले पलेशा र उनको टिमलाई नगद पुरस्कार प्रदान गरेको हो। सरकारले उनले प्राप्त गरेको पुरस्कारमा कुनै कर नकाट्ने निर्णय यसअघि नै गरेको थियो ।
प्रतिक्रिया