१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बोलेरो दुर्घटना अपडेटः भोटेकोसीमा बेपत्ता महिलाको शव भेटियो



२९ भदौ । सिन्धुपाल्चोकमा दुर्घटना हुँदा भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक जना महिलाको शव प्राप्त भएको छ।

प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका-६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो।

सिन्धुपाल्चोक प्रहरीका डिएसपी निरञ्जन भट्टराईका अनुसार सुन्तली तामाङको शव फेला परेको हो। उनका ससुरा धनबहादुर तामाङले त्यसलाई सनाखत गरेका हुन्। उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन्।

सिन्धुपाल्चोकस्थित बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार बोलेरो गाडी निकालिएको थियो।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।