२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


विश्व कीर्तिमानी गीतकार उपाध्यायलाई लण्डनमा सम्मान



डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान अर्पण गरिएको हो

 

३० भदौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ ।
डा. उपाध्यायले गीत संगीत क्षेत्रमा योगदानको मूल्यांकन गरेको भन्दै वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान अर्पण गरिएको हो ।
यो संस्थाले सिमित व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताए ।
डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।
दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ४८ बजे