३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


‘मिस्टर काठमाडौं’को विजेता राईको निधन



२ असोज । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ ।

गत शनिबार मात्रै मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका राईको बुधबार निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको हो ।

टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रन्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ५५ बजे