३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लागुऔषधसहित चन्द्रागिरिबाट युवक पक्राउ



४ असोज । लागुऔषधसहित काठमाडौँको चन्द्रगिरिबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका- २ नागढुंगास्थित चेक प्वाइन्टबाट प्रहरीले पर्साका ३३ वर्षीय विनोद धामी थारुलाई पक्राउ गरेको हो।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१।००६ स्व ३१३९ नम्बरको बसमा सवार थारुलाई प्रहरी प्रभाग नागढु‌ङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

थारुले लगाएको जिन्स पाइन्टको भित्रबाट २० पत्ता नाइट्राभेट १० (५९८ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी बृत्त थानकोटको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।