१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती करिडोरबाट एक लाख ८० हजार क्याप्सुल ट्रामाडोलसहित ६ जना पक्राउ



४ असोज । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुर घर भएका ३० वर्षीया श्री बहादुर राईलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा थप आरोपीहरूको कनेक्सन देखिएको ब्यूरोले जनाएकाे छ ।
६ जनाको साथबाट प्रहरीले १ लाख ८० हजार ४३० थान ट्रामाडोल बरामद गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भएका ३० वर्षीय श्री बहादुर राई, सर्लाही घर भएका २२ वर्षीय विपिन कुमार महतो, पर्वतका २७ वर्षीय बालकृष्ण अधिकारी, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–१ घर भएकी सम्झना रोक्का, बाराको परवानीपुर गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौँको डल्लु घर भएका ५१ वर्षीय मन मोहन श्रेष्ठ छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।