७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


‘बनेपा महोत्सव–२०८१’ सुरु



बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला, खेलकूदको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरेको

 

धुलिखेल
५ असोज । बनेपा ब्वाईज क्लबको आयोजनामा शुक्रबारदेखि पाँचौं संस्करणको बनेपा महोत्सव–२०८१ सुरु भएको छ ।
विजयादशमी तथा शुभ–दीपावलीको पावन अवसरमा बनेपाको उग्रतिर्थ मन्दिर परिसरमा आयोजना भएको व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेलमेलाको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आज उद्घाटन गरेका छन् ।

क्वलमा अध्यक्ष महेश कर्माचार्यले काभ्रेपलाञ्चोकको बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला, खेलकूदको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरेको बताए ।
१६ दिनसम्म सञ्चालन हुनेछ मेलामा कृषि, घरेलु सामाग्रीलगायत एक सय भन्दाबढी व्यापारिक स्टलहरू राखिएका छन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  २ : ५५ बजे