६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


११ अंक बढ्यो नेप्से, कारोबार रकम भने रू. ५ अर्ब ९ करोडमा झर्‍यो



६असोज । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक ११ दशमलव ५८ अंक बढेको छ । नेप्से २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको हो । लगातार तीन कारोबार दिन घटेपछि आज आइतवार बढेर बन्द भएको छ । आज उच्च बजार उच्च विन्दु २ हजार ६४३ दशमलव ५१ विन्दुसम्म पुगेको थियो ।

कारोबार रकम पनि पछिल्लो केही दिन यता सुस्त रहेको छ । छोटो समयमै बजार बढेर साउन ३१ गते ३ हजार ८१ विन्दुसम्म पुगेको थियो । त्यो विन्दुबाट बजार ४२४ अंक घटिसकेको छ । बजार धेरैनै घटेकाले अब प्यानिक सेल भने कम हुँदै गएको देखिन्छ । प्यानक सेल कम हुनु अनि खरीदकर्ताहरुले पनि शेयर खरीदका लागि हतार नगर्नुले कारोबार रकम थप सुस्त बनेको जानकारहरु बताउँछन् ।

आत्तिएर त्रिवmी गर्नेहरु कम भइसकेको र बजार साइडवेजमा देखिएकाले यस्तो बेला अत्यावश्यक अवस्थामा बाहेक खरीदकर्ता र बिक्रेता दुवैले हतार गर्दैनन् । सोही कारण पनि कारोबार रकम सुस्त देखिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत वृद्धि भएको छ ।

कारोबारमा आएका ३२५ धितोपत्रमध्ये १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता ७२ हजार ९५७ पटकमा रू. ५ अर्ब ९ करोड भन्दा बढीको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इष्र्टन हाइड्रोपाव,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

आइतवार सबैभन्दा बढी रावा इनर्जी डेभलपमेन्टका शेयरधनीले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशलमव ६५ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ७५० मा झरेको छ । त्यस्तै दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशलमव ४२ प्रतिशत घटेर रू. १ हजार १० मा झरेको छ ।

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २७ करोड ८० लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३१ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनएलजी इन्स्योरेन्स कम्पनीको रू.१४ करोड ६९ लाख बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी बैंकिङ्ग समूहको सूचक १ दशमलव ०१ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १० : ०१ बजे