७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अच्काली बढ्यो सुन, तोलाकै एक लाख ६० हजार नजिक



७ असोज । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनले असोजको पहिलो साता पनि नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य १ लाख ५९ हजार दुई सय छ । यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । हिजो सुनको मूल्य १ लाख ५८ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । आज सुन तोलामा चार सय रुपैयाँ वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने हिजोकै यथावत छ । चाँदीका मूल्य आज १ हजार ९ सय २० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ४० बजे