१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


५९.०२ को उच्च अंकले घट्यो नेप्से परिसूचक



७ असोज । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज परिसूचक ५९.०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अंकमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर छ ।

यस्तै, आज तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ को कारोबार भएको छ । आज सबैभनदा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।