१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२४६० बिन्दुमा झर्‍यो नेप्से



८ असोज । मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ। २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा ओर्लिएको हो।
समग्रमा २.३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। आज ३०९ कम्पनीको १ करोड ५५ लाख कित्ता सेयर खरिदबिक्री भयो।

मंगलबार २३३ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको मूल्य बढ्दा एउटाको स्थिर रह्यो। आज माथिल्लो स्याङ्गे जलविद्युतको मूल्य ७.८३ प्रतिशतले बढेको छ। बढेका अन्य कम्पनीको मूल्य ५ प्रतिशत पनि उक्लिन सकेन।

हिमालयन हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्यो। त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ८.७४ प्रतिशतले घटेको छ। बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको मूल्य पनि ८ प्रतिशतले घट्यो।

मंगलबार सेन्सेटिभ इन्डेक्स २.०९ प्रतिशतले घटेको छ भने सबै उपसमूहको सूचक पनि ओरालो लागेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।