१५ असोज । वर्षाका कारण अवरुद्ध भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् ।
नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार उपत्यकाका काठमाडाैँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् ।
काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ ।
कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
प्रतिक्रिया