२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


५६ अंकले बढ्यो नेप्से परिसूचक, २१९ कम्पनीको शेयर मूल्यमा वृद्धि



२० असोज । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज शेयर बजार ५६ दशमलव ०९ अंकले बढेर दुई हजार छ सय ५३ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ ।

समूहगत रुपमा फाइनान्स समूहको शेयर मूल्य अधिक बढेको छ । यस समूहको मूल्य ६.३० प्रतिशत बढेको छ । साथै बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार समूह ०.९० प्रतिशतले बढेको छ ।

यस्तै, आज दिनभरिमा ३०८ कम्पनीको एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर किनबेच हुँदा छ अर्ब २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएनको २५ करोड ५७ लाख रुपैयाँको र नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०४ बजे