२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अमेरिकाविरुद्धको नेपालले बनायो एक सय ६४ रन



नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो

काठमाडौँ
२ असोज । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको हो ।
यो सँगै अमेरिकाले जितका लागि एक सय ६५ रनको चुनौती पाएको छ ।

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे ।

अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।