२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालद्वारा अमेरिका टी–२० आई क्रिकेट खेलमा पराजित



आज भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो

२ कार्तिक । नेपालले टी–२० आई खेलमा अमेरिकालाई पराजित गरेको छ । अमेरिकाको ग्राण्ड प्रेरी रंगशालामा आज भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रन बनाएको थियो् ।

अमेरिकाका लागि शायन जहानगिरले ६० रन बनाए । आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन÷तीन र सैतेजा मुक्कामल्ला २ रनमा बाहिरिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एक÷एक विकेट लिए ।

 

्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगदान गरे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७÷२७, गुल्शन झाले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन बनाएका थिए । करन केसी र आरिफ शेख शून्य रनमा आउट भएका थिए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।