७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य प्रतितोला १ लाख ६५ हजारभन्दा माथि पुग्यो



६ कार्तिक । नेपाली बजारमा आज सूनको मूल्य बढेर १ लाख ६५ हजार ९ सय पुगेको छ ।
आज सूनको मूल्यमा ३ सय बढेर नयाँ किर्तिमानी मूल्य कायम गरेको हो ।
सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
हिजो नेपाली बजारमा सून १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । चाँदी पनि नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै धेरै मूल्य रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सूनको मूल्य बढेसँगै पछिल्लो केही समय यता सून र चाँदीले नयाँ नयाँ किर्तिमान बनाउदै आएको छ ।
अन्र्तराष्ट्रिय अर्थशास्त्रीहरुले सूनको मूल्य अझैं बढ्ने प्रक्षेपण गरिरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ११ : ४४ बजे