१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


रु ४० लाख भन्दा धेरै मूल्यको तामाको तार चोरीको आरोपमा तीन जना पक्राउ



चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको

बागमती
९ कात्तिक । नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ
हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इञ्च र चार इञ्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।
चोरीमा संलग्न भएको आशङ्कामा थोकरलाई नियन्त्रणमा लिई घटनाबारे सोधपुछ गर्दा हेटौँडा–१३ बस्ने २८ वर्षीय सन्त तितुङलगायत अन्य पाँच÷सात जना मिलेर तार चोरी गरी तार छिलेर हेटौँडा–४ स्थित कवाडी पसल सञ्चालक भारतको मोतिहारी जिल्ला चिरैया थाना–७ का दिल खुशकुमार साहलाई बिक्री गरेको भनी खुल्न आएपछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताए ।
प्रहरीले एक सय पाँच किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जङ्गल छेउमा रोकेर राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी र गाडीमा सवार हेटौँडा–३ बसामाडीका २४ वर्षीय पञ्चलाल थिङलाई गाँजासहित पक्राउ गरेको छ ।
त्यस्तै हेटाँैडा–८ कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी भएको घटना अनुसन्धानका क्रममा चोरी भएको उक्त सामानसहित हेटौँडा–८ कमाने बस्ने २६ वर्षीय सुमन राई, २५ वर्षीय समिर घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडा–८ क्याम्पास्थित हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम एक थान र नगद रु २० हजार तथा हेटौँडा–२ स्थित शान्तिटोल बस्ने राजेश थापा क्षेत्रीको ना३प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी गरेको आरोपमा हेटौँडा–८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । ब
मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीस्थित कान्तिलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेक गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका–३ घर भई फास्ट ट्रयाकमा वेल्डिङको काम गर्ने २४ वर्षीय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई ३७ किलो बिजुलीको तार चोरी गरी हेटौँडातर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : १३ बजे