काठमाडौं
११ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपको सेमीफाइनल खेलमा नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । भण्डारीको गोलसँगै नेपाल र भारतको एक एक गोलको बराबरी भएको छ ।
यसअघि ६४ औं मिनेटमा भारतले एक गोल गरेको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको भए पनि रेफ्रीले मान्यता नदिएपछि विवाद भएको थियो ।
नेपाल खेलाडी प्रिती राईले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा ६ मिनेट खेल अवरुद्ध भएको भयो ।
प्रतिक्रिया