१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित



काठमाडौँ
१२ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रङ्गशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाको लागि तत्कालको लागि टिकट बिक्री गर्न स्थगन गरेको एन्फाको भनाइ छ ।

साफको टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकेटिङको व्यवस्था गरिने एन्फाले जनाएको छ ।

“नेपाल र भारतबीचको खेलमा सङ्घसँगको सम्झौता विपरीत रङ्गशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ । त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न÷नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाद्वारा आज जारी प्रेस विज्ञपप्तिमा उल्लेख छ ।

यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुनेसमेत एन्फाले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल यही कात्तिक १४ गते साँझ ६ः३० बजे हुने तय भएको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ४४ बजे