८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा हरियाली



१३ कात्तिक । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ६९ अंकले बढेर २६९२ दशमलव ०५ को विन्दुमा पुगेको छ । ३१९ कम्पनीका ६८ हजार ६ सय १४ पटकको कारोबारमा १ करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० रुपैयाँ रहेको छ। त्यस्तै, २२१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा निर्जीवन बीमा कम्पनी सर्वाधिक बढेको छ ।

मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआइसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । भने, कर्पोरेट विकास बैंकका लगानीकर्ताले पनि ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । आज समृद्धि फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ४ : २५ बजे