२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको हत्याको अभिव्यक्ती दिने भ्लगर कार्कीले मागे माफी



२० कात्तिक । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित आपत्तिजनक टिप्पणी गरेको भन्दै नेपाल प्रहरीको निगरानीमा रहेका भ्लगर रतन कार्कीले माफी मागेका छन् ।

कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित थिए । उता सोही समयमा जापानमा बस्ने कार्कीले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो पोस्ट गरेका थिए ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले भनेका थिए, ‘तपाईँहरू फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दै छु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा ग्रुप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित थियो ।

अहिले भने कार्कीले सो भनाई प्रधानमन्त्रीप्रति वा कुनै राजनीतिकर्मीप्रति लक्षित नभएको स्पष्टीकरण दिएका छन् । उनले मार्छु भन्ने शब्द ‘टङ् स्लिप’ भएको र यसका लागि माफ गरिदिन आग्रह समेत गरेका छन् ।

सामाजिक सञ्जाल टिकटकमा उनले माफी माग्दै एउटा भिडियो पोस्ट गरेका छन् । यस्तो छ उनको भनाई – खेलमा हामीले जित्यौँ हार्‍यौँ आफ्नो ठाउँमा छ । सिक्दै छौँ केही उपलब्धि हासिल भइनैहाल्छ । खेलको बिचमा धेरै फ्रस्ट्रेसन भए, खेल हारिन्छ कि जस्तो । यो खेलको पाटो भयो ।

कहिले काहीँ जिब्रो चिप्लिन्छ । हामीले ११ मा पढेकै हो । मार्छु भन्ने शब्द बोल्न पुगेँ । त्यो कुनै पनि कुरामा, त्यो जनवारमा किन न होस्, मान्छेलाई किन नहोस्, भन्नुको तात्पर्य गलत थिएन ।

तर, कमेडी गर्दा, गर्न सिकिरहँदा, प्रयास गर्दा, हैन गलत गरेछु कि भन्ने महसुस भइहाल्यो अचानक । त्यसपछि तुरुन्त त्यसलाई हटाइहाले ।

मार्छु भन्ने शब्द चाहिँ मैले त्यहाँ फ्रस्टेसन देखेँ, नेगेटिभ इनर्जी । त्यो कुनै राजनीतिज्ञले ममाथि नै यो शब्द प्रहार गर्‍यो भनेर नलिनुहोला ।

किनभने मैले कसैलाई सिध्याउनुपर्छ भनेर प्रस्तुतिमा त्यो आयो होला, तर मेरो भनाइमा त्यो होइनँ । मैले भन्न गलत गरेँ, त्यो शब्दका लागि सबैसँग माफी माग्न चाहन्छु । त्यो राजनीतिक पदमा बस्ने व्यक्तिका लागि लक्षित थिएन ।’

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ४९ बजे