२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सामान्य अंकले घट्यो शेयरबजार, ५ अर्बको कारोबार



२१ कात्तिक । शेयरबजार परिसूचक नेप्से बुधबार सामान्य अंकले घटेको छ। आज नेप्से १.८८ अंकले घटेर २ हजार ६७५.५१ को विन्दुमा सीमित भएको हो।

कूल १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। १३ उपसमूहमध्ये ५ वटा बढेकामा ८ उपसमूह घटेका छन्। सबैभन्दा धेरै म्युचुअल फन्ड १.०९ प्रतिशतले बढेको छ भने वित्त ०.७९, विकास बैंक ०.७३, जलविद्युत् ०.४६ र व्यापार उपसमूहमा ०.२९ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ०.७५ प्रतिशतले घटेको छ।

१२१ कम्पनीको शेयर बढेकामा ११७ कम्पनीको शेयर घटेको छ। यस्तै ६ कम्पनीको शेयर स्थीर रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।

नारायणी विकास बैंक र बलेफी जलविद्युत्मा सकारात्मक सर्किट लागेको छ। यस्तै, पिपुल हाइड्रो र समृद्धि फाइनान्सको शेयरमूल्य क्रमशः ९.१२ र ८.७९ प्रतिशतले बढेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयरमा सबैभन्दा धेरै ८.२६ प्रतिशतको गिरावट देखिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ४ : ०७ बजे