२९ कार्तिक २०८१, बिहिबार | Thu Nov 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


रोशी बाढीपिडितको पिडा अझैं पनि उस्तै (तस्विरहरु)



ललितखबर
२४ कार्तिक । डेढ महिना वितिसक्यो तर काभ्रेको रोशी खोलामा बाढी पहिरो पिडितको पिडा अझै पनि दुरुस्तै छ । धेरै घरबाट सरसामान निकाल्न बाँकी छ । घर वरपर माटो पन्छाउने काम हुँदैछ ।
तर यहाँका बाढी पडित बस्ने ठाँउ नहुँदा समस्यामा छन् । कतिपय आफन्तको शरणमा छन् केही डेरामा छन् त केही टाढा बास बस्न गएका छन् ।
बाढी पिडित सरकारमा बसेका जनप्रतिनिधिले पुर्नस्थापना र भत्केका खानेपानी, विजुली र सडकजस्ता पुर्वाधार निर्माणमा बेवास्ता गरेको भन्दै चित्त दुखाएका छन् ।
निर्वाचनको बेला भोट माग्न आउने राजनीतिक दलका नेता पिडामा परेको बखत मम्हम पट्टी लगाउन नआएको उनीहरुको दुखेसो छ । बाढी पिडितलाई सुरक्षित र व्यवस्थित बस्ती निर्माण गरेर स्थानान्तरणका लागि सरकारले सघाउनु पर्ने उनीहरुको माग छ । लेन्स : ललितखबर

 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : २९ बजे