१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


साढे २७ लाख ठगी गर्ने युवक ठमेल नर्सिङचोकबाट पक्राउ



२६ कात्तिक । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै २७ लाख ६० हजार ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “पक्राउ परेका सुजन समेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौंको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।”

निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।