६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


धुलिखेलको खानेपानी आयोजना पुर्ननिर्माणमा जर्मनीले सहयोग गर्ने



काभ्रेपलाञ्चोक
२८ कात्तिक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ ।

जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले रु एक करोड ४५ लाख रकम सहयोग गर्नेे नगरप्रमख अशोक ब्याञ्जूले बताएका छन् ।
हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिएका छन् । उक्त आयोजना पुनर्निर्माण गर्न रु तीन करोड ५१ लाख खर्च हुने उनको अनुमान छ ।

जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वबञ्चित भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : ३६ बजे