११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट



२८ कात्तिक । नेपाल यु-१९ महिला विश्वकपमा छनोट भएको छ । बुधबार आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । यूएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, साेनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईकी समिरा धार्निधार्काले ३१ रन बनाइन् ।

नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ६ : ४५ बजे