१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पनौतीमा स्कुटर दुर्घटनामा परेर युवकको मृत्यु



दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो

काभ्रे
काभ्रेको पनौतीमा मोटरसाइकल र स्कूटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पनौती नगरपालिका–५ धनेश्वरस्थित सडकमा बा.प्र. ०२–०२२ प ७५९७ नम्बरको स्कुटरलाई बा.७८ प ५९६५ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–५ बस्ने ४२ वर्षीय रामकृष्ण कुँवरको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।