९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


२७ सय नाघ्यो सेयर बजार



११ मंसिर । नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ । मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।

२११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १।२०, विकास बैंक ०.४९, फाइनान्स १.५१, होटेल तथा पर्यटन ०.६४, हाइड्रोपावर १.९७, लगानी १.१३, जीवन बीमा १.०२, उत्पादन १.०८, माइक्रोफाइनान्स ०.८५, निर्जीवन बीमा ०.८१, अन्य १.६८ र व्यापार समूह १.२९ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको ९.६, अपरहेवाखोलाको ८.८ तथा मायाखोला हाइड्रोपावरको ८.६ प्रतिशत मूल्य बढेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : ३७ बजे